चुनाव खर्च बुझाउन अटेर, स्पष्टीकरण दिन भीड
अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा भीड लागेको छ।
सप्तरीको कञ्चनरूपका मेयर ललनप्रसाद गुप्ता, डाक्नेश्वरीका मेयर रामलखन मुखिया, शम्भुनाथका मेयर जितेन्द्रप्रसाद गुप्ताले सोमबार स्पष्टीकरण बुझाएका छन्। सप्तकोसीका मेयर कृष्णप्रसाद ढकाल र रूपनीका अध्यक्ष दिनेशकुमार यादवले मंगलबार अन्तिम दिन जसरी पनि स्पष्टीकरण बुझाउने प्रतिबद्धता जनाएका छन्।
निर्वाचन अधिकारी रमेशकुमार जोशी बेलुका ७ बजेसम्म पनि स्पष्टीकरणका पत्र मिलाउँदै थिए। ‘३ सय ७ जनाले बुझाए। खर्च विवरण बुझाउनेभन्दा स्पष्टीकरण बुझाउने बढी हुने देखियो’, जोशीले भने। जिल्ला निर्वाचन कार्यालय सप्तरीले भदौ १ गते सात दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको थियो।
कञ्चनरूप–६ का वडाध्यक्ष बच्चुलाल चौधरीले खर्च विवरण बुझाएको तर बिल भौचर संलग्न नभएका कारण निर्वाचन कार्यालयले नगरपालिका कार्यालयमा फिर्ता पठाएकोबारे कर्मचारीबाट जानकारी नै नभएको बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले इरानी वार्ताकारको हत्या गर्ने योजना बनाएको दाबी
-
दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि
-
२० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन सरकार : ज्ञानेन्द्र शाही
-
अमेरिकामा पाँच दिनमै १० हजारभन्दा बढी आप्रवासी पक्राउ
-
पोर्चुगल विरुद्ध क्रोएसियामा विश्वकप इतिहासकै दोस्रो अत्यधिक इन्जुरी समय, कुन–कुन थिए लामा खेल ?
-
कांग्रेसभित्रको कलहले बागमती सरकार सङ्कटमा, बजेट रोकेरै नेतृत्व फेर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण