प्रिन्सेस क्रुज जहाजमा नोरोभाइरस सङ्क्रमण, १२५ जना बिरामी
सान फ्रान्सिस्को । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार प्रिन्सेस क्रुजको रुबी प्रिन्सेस नामक क्रुज जहाजमा नोरोभाइरसको प्रकोप फैलिँदा १२५ जना बिरामी परेका छन् ।
सीडीसीले जनाएअनुसार बिरामी हुनेमा १०२ यात्रु र २३ जना चालक दलका सदस्य रहेका छन् । जहाजले जुन १२ मा सान फ्रान्सिस्कोबाट यात्रा सुरु गरेको थियो ।
सङ्क्रमित अधिकांशमा पखाला र बान्ता मुख्य लक्षणका रूपमा देखिएको छ । नोरोभाइरस विशेषगरी क्रुज जहाजजस्ता सीमित स्थानमा मानिसहरू नजिकिनु, साझा भोजनस्थलको प्रयोग तथा धेरैले छुने सतहका कारण छिट्टै फैलिने भाइरस मानिन्छ । स्वास्थ्य अधिकारीहरूका अनुसार भाइरसको सम्पर्कमा आएको १२ देखि ४८ घण्टाभित्र लक्षण देखिन सुरु हुने भएकाले यस्तो वातावरणमा सङ्क्रमण तीव्र रूपमा फैलिन सक्छ ।
यो २० दिने समुद्री यात्रा अलास्का र क्यानडाका विभिन्न क्षेत्रको भ्रमणपछि निर्धारित समयअनुसार बिहीबार सान फ्रान्सिसकाे फर्किएको थियो । प्रिन्सेस क्रुजले सङ्क्रमित यात्रु र चालक दलका सदस्यलाई तत्काल अलग्गै राखिएको तथा जहाजभरि सरसफाइ र कीटाणुनाशक प्रयोगको मापदण्ड कडा बनाइएकाले नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गएको जनाएको छ ।
कम्पनीका अनुसार जहाज गन्तव्यमा पुगेपछि अर्को यात्रामा निस्कनुअघि सम्पूर्ण जहाजको व्यापक सरसफाइ र पूर्ण कीटाणुनाश गरिनेछ । सीडीसीका अनुसार यस वर्ष हालसम्म क्रुज जहाजमा फैलिएका पेटसम्बन्धी रोगका सात वटा प्रकोप सार्वजनिक सूचना जारी गर्नुपर्ने मापदण्डमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठगीको अभियोगमा एक जना पक्राउ
-
नेपालमै सहजै रासायनिक मल उत्पादन सम्भव छ
-
किएभमा रूसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ३० पुग्याे
-
कर्णालीको मिटर अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधान हुँदै, ७ दिनभित्र थप ३ हजार मिटर पुग्ने
-
दिल्लीमा डिम्ब तस्करीको सञ्जाल, निसानामा कैलाली र कञ्चनपुरका थारु युवती
-
व्यास नगरपालिकामा घरधनीदेखि डेरावालासम्मका सुन र नगद चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण