मादी नदीमा बन्दैछ ‘आर्क डिजाइन’ को पुल, तस्बिरहरू
काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको नयाँ पुलको काम अन्तिम चरणमा पुगेको छ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको यो पुलको हालसम्म ८६ प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत वित्तीय प्रगति भएको छ।

चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम पूरा हुन नसकेपछि थप ३०० दिन म्याद थपका लागि प्रस्ताव गरिएको छ। मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार पुलको अधिकांश संरचनागत काम सकिइसकेको छ र बाँकी कामलाई अन्तिम रूप दिने तयारी भइरहेको छ। केही दिनअघिसम्म दैनिक १०० देखि १२० जना कामदार निर्माणस्थलमा खटिए पनि हाल घरायसी कारणले केही कामदार बाहिरिएका कारण जनशक्तिमा केही कमी आएको पाण्डेले बताए।

छ वटा स्पान रहने यो पुल निर्माणका लागि सन् २०२२ अगस्ट ११ मा एएनके–जेडआईईसीसँग एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सुरुवाती चरणमा डिजाइन परिवर्तन गर्नुपरेका कारण पुलको निर्माण कार्य करिब छ महिना प्रभावित बनेको थियो।

अहिले सञ्चालनमा रहेको ३७० मिटर लामो पुरानो दुई लेनको पुलभन्दा करिब ५० मिटरको दूरीमा यो नयाँ पुल बनिरहेको हो। आधुनिक ‘आर्क डिजाइन’ मा आधारित यो चार लेनको पुल आफ्नो विशेष संरचना र आकर्षक स्वरूपका कारण पृथ्वीराजमार्गकै सबैभन्दा आधुनिक र आकर्षक पुलमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत यो सडक खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ। यस परियोजनाअन्तर्गत पूर्वी खण्डको निर्माण कार्य ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ र पश्चिम खण्डको निर्माण कार्य ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँको लागतमा अघि बढिरहेको छ।









तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि बढ्यो सुनचाँदीको मूल्य
-
११ वर्ष कागजमा सीमित फ्री भिसा फ्री टिकट, अब फेरिँदै छ मोडल
-
विराटनगरमा नदी संरक्षणसँगै ‘मिनी जङ्गल’ निर्माण अभियान सुरु
-
‘फ्री भिसा फ्री टिकट नीति असफल भइसक्यो’
-
भारतीय सहयोगमा पुनर्निर्माण भएको ज्येष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’ हस्तान्तरण
-
जुलाई ५ मा तेस्रो बिहे गर्दैछन् आमिर खान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण