इजरायलमा भेटियो १२ सय वर्ष पुरानो महल, बनावट देखेर वैज्ञानिक चकित
पुरातत्वविदले इजरायलको मरुभूमियुक्त दक्षिणी इलाकामा १२ सय वर्ष पुरानो एक भव्य सम्पत्तिबारे पत्ता लगाएको छ जो नेगेव इलाकाको धनी व्यक्तिको जीवनको एक अनौठो झलकलाई पेश गर्छ । यसको बनावट देखेर पनि पुरातत्वविद अचम्मित छन् ।
इजरायलको पुरावशेष प्राधिकरण (एन्टीकिटिज अथोरिटी) ले हालै दिएको जानकारी अनुसार राहतको बेडोइन शहरमा गरिएको यो खोज आठौँ वा नवौँ शताब्दीको सुरुवाती इस्लामिक कालको हो ।
पुरातत्वविदका अनुसार यो विलासी घर एउटा आँगनको चारैतिर बनाइएको थियो र यसमा बस्नका लागि चारैतिर थुप्रै कोठासमेत बनाइएका थिए ।
एउटा निकै ठूलो स्थानको भुइँमा ढुङ्गा बिछ्याइएका थिए र त्यसैले भित्ताहरु पनि सजाइएका थिए । साथै हलको भुइँमा मार्बल राखिएको थियो । पुरातत्वविद्ले त्यहाँबाट विभिन्न खालका माटोका भाँडाहरु र खाना पस्कनका लागि निकै सुन्दर काँचका भाँडा पनि भेटे ।
प्राङ्गणको मुनी पुरातत्वविद्ले ढुङ्गाले बनेको भूमिगत बेसमेन्ट देखेर चकित परे । यी बेसमेन्टको प्रयोग मरुभूमिको प्रचण्ड घामबाट बच्न र चिसो तापक्रममा वस्तुलाई सुरक्षित राख्नका लागि गरिन्थ्यो भन्ने गरिन्छ ।
यो बेसमेन्टलाई निकै सावधानीपूर्वक र बलियो गरी बनाइएको थियो । यो बेसमेन्टको एउटा बाटो एउटा कुवातर्फ पनि जान्छ जहाँ मानिसले चिसो पानी पाउँथे होलान् ।
विशेषज्ञका अनुसार यो हवेलीका मालिक निकै समृद्ध थिए होलान् र आलिशान जीवनयापन गर्दथे होलान् । यहाँबाट जति पनि अवशेष पाइएका छन् यसबाट के प्रमाणित हुन्छ भने यो घर कुनै धनाढ्य व्यक्तिको थियो जोसँग धेरै कुरा थियो ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण