राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकमाथि अब संसदीय समितिमा छलफल हुने
राष्ट्रियसभाको बैठकले नेपाल नागरिकता ऐन पहिलो संसोधन विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता सम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
विधेयक पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने मन्त्री खाणको प्रस्ताव स्वीकृत भएको हो । संघीय संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष विधेयक पठाइएकोमा गत साउन २९ गते प्रमाणीकरण नगरी राष्ट्रपति भण्डारीले सो विधेयक फिर्ता पठाएकी थिइन् ।
गत भदौ २ गते बसेको प्रतिनिधिसभाको बैठकले फेरि सो विधेयक हुबहु पारित गरेको थियो । अब यो विधेयकमाथि राष्ट्रियसभा अन्तरगत रहेको संसदीय समितिमा छलफलको प्रक्रिया अघि बढ्नेछ । राष्ट्रियसभाको बैठक भदौ १६ गतेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अफगानिस्तानको अर्को क्षेत्रमा पनि बाढी, कम्तीमा ५० जनाको मृत्यु
-
ललितपुर आगलागी : ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो
-
रुसले उत्तरपूर्वी क्षेत्रमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आशङ्का
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया