चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु
रौतहटको एउटै गाउँमा आज बिहान चट्याङ लागेर तीन जना महिलाको ज्यान गएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका-३ मलाही टोलकाे खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो ।
चट्याङ लागेर मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीय सुदनीया देवी,७० वर्षीय जगिया कुमारी र १८ वर्षीय मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए । मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको डीएसपी सिंहले जानकारी दिएका छन ।
चट्याङ लागेर एउटै गाउँको एकैपटक तीनजनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ । खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० कि सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।
यसैबीच गरुडा नगरपालिकाका मेयर मन्थमणी जयसवाल घटनास्थल पुगेर पीडित परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण