चट्याङबाट तीजमा नाचगान गरिरहेका दुई जनाको मृत्यु
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन । गम्भीर घाइते र अन्य १० जना सामान्य घाइतेलाई अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई प्रहरीले उपचारका लागि अस्पताल ल्याउन लागेको जानकारी दिए । वलीका अनुसार गुरगाउँमा चट्याङ लागेर मृत्यु हुनेमा सोही वडाका १९ वर्षीय मनिषा शाह र १६ वर्षीय दीपा घर्ती रहेका छन ।
हरितालिका तीजको अवसरमा मंगलबार राती ११ वजे नाचगानका क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको एसपी वलीले बताए । प्रहरीका अनुसार अनुसार घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो ।
घोराही भित्र पर्ने भएपनि दुर्गम गाउँ भएकाले घटनास्थल पुग्न प्रहरीलाई झन्डै ५ घन्टा पैदल हिँड्नुपर्ने स्थानीयको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण