सिरहामा करेन्ट लागेर बाबु छोराको मृत्यु
शुक्रबार, १७ भदौ २०७९, ०६ : ३४
सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो ।
इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि करेन्ट लागेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्पेक्टर राजु केसीले जानकारी दिए।
करेन्ट लागर घाइते दुवैजनालाई तत्काल उपचारको लागि स्थानीय भुमिजा अस्पताल पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लगि प्रदेशिक अस्पताल लहान लाने क्रममा बाटोमै उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण