भोक र तिर्खाबाट ७ रोहिंग्याको मृत्यु
म्यानमार अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्तिको भोक, तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।
अधिकारीहरूले व्यावसायिक केन्द्र यांगुनबाट करिब १२० किलोमिटर दक्षिणमा प्यापोन टाउनसिप नजिकै एउटा जहाजलाई नियन्त्रणमा लिएको ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले जनाएको छ । चार तस्कर र ६५जना पीडितलाई अस्थायी रूपमा हिरासतमा राखिएको उक्त पत्रिकाले जनाएको छ ।
खराब मौसम र खानेकुरा तथा पानीको अभावमा तीन पुरुष र चार महिलाको मृत्यु भएको पनि उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, ६ जनाको उपचार भइरहेको छ । समूहका पाँच जनलाई थुनामा राखिएको र छानविनपछि उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।
सन् २०१७ मा म्यानमारको सेनाको दमनपछि लाखौँ रोहिग्या शरणार्थी देश छाडेर बंगलादेश पुगेका थिए । उनीहरु खाद्यन्न, पानी औषधिजस्ता अत्यावश्यक सेवाबाट बन्चित रहेको अधिकारबादीहरुले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभरमा इन्टरनेट समस्या समाधान हुन्छ : संचारमन्त्री शर्मा
-
सर्लाहीमा आगलागी : विष्णु गाउँपालिका-१ मा ६५ भन्दा बढी घर जले
-
सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो
-
प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
गण्डकीका मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने