शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पार्टीले टिकट दिनेमा विश्वस्त छु : उपसभामुख भुसाल

शनिबार, १८ भदौ २०७९, १२ : १८
शनिबार, १८ भदौ २०७९

उपसभामुख तथा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू अर्घाखाँचीबाट उम्मेदवार बन्ने संकेत गरेकी छन् । उपसभामुखमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेकी भुसालले  जिल्लाबाट प्रत्यक्ष निर्वाचनको लागि आफूले इच्छा जाहेर गरेको भन्दै स्वाभाविक उम्मेदवारी रहने स्पष्ट पारेकी हुन् ।

युवाहरुलाई अवसर दिने बहानामा पुरानालाई निषेधको राजनीति गरिन नहुने भुसालले बताइन । 'हो नयाँलाई ठाउँ दिनुपर्छ भन्दाभन्दै पुरानालाई निषेध गर्नुहुदैन', भुसालले भनिन 'नयाँले अवसर पाउनुपर्छ भन्दैगर्दा पुरानाले राजनीतिक इच्छा राख्नु स्वाभाविक हो । उनीहरुको अधिकार कुण्ठीत गरिनुहुदैन ।'

टिकट पाउने नपाउने पार्टीको हातमा रहेको भन्दै उपसभामुख  भुसालले टिकट पाउनेमा आफू विस्वस्त रहेको बताइन । 'पार्टीले टिकट दिनेमा विश्वस्त छु, दिएनछ भने जसले टिकट पाउनुहुन्छ उहाँलाई सहयोग गरेर अगाडी बढ्न तयार छु ।' भुसालले भनिन ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले भुसालको सम्मानमा आयोजना गरेको कार्यक्रममा नेतृ भुसालले गठबन्धनले सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप