कृष्णा अभिषेकपछि भारती सिंहले पनि छोड्दै कपिल शर्मा शो
चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । यसै साताबाट सुरु हुने शोमा केही पुराना अनुहारहरू फेरि देखिँदैछन्, भने केही नयाँ अनुहारले पनि दर्शक हँसाउनेछन् ।
केही समययता शोका धेरै महत्त्वपूर्ण कलाकारले छाडेका छन् । हालै मात्र शो सुरु भएको जानकारी सार्वजनिक हुनेबित्तिकै कृष्णा अभिषेकले शो छोडेको खबरले सबैलाई चकित तुल्याएको थियो ।
यसैबीच, फेरि एक कलाकार यो शोबाट अलग हुने समाचार आएको छ । समाचारका अनुसार चर्चित कमेडियन भारती सिंह पनि कपिलको शोबाट अलग्गिन लागेकी हुन् ।
शोमा भारतीलाई नदेख्दा फ्यानहरू निकै निराश हुनेछन् । तर, अहिले सबैको मनमा एउटै प्रश्न उठिरहेको छ । आखिर किन छोड्न लागिन् भारतीले शो ?
भारतीले भने शोबाट टाढा हुनुको कारण आफूसँग पहिलेदेखि नै एउटा शो भएको बताएकी छन् । उनले भनेकी छन्, ‘‘सारे गमा पा’मा कमिटमेन्ट दिएकी थिएँ । तर सारे गमा शो र द कपिल शर्मा शोको टाइम मिलेन भने देख्न पनि सकिनेछ ।’
शो हरेक शनिबार र आइतबार सोनी च्यानलबाट सेप्टेम्बर १० गतेदेखि प्रसारण हुनेछ । दर्शकले राति ९ः३० बजेदेखि आफ्नो टिभीमा कार्यक्रम हेर्न सक्नेछन् । यसपटक जहाँ कृष्णा अभिषेक शोको हिस्सा नहुने छन्, उता शोमा केही नयाँ अनुहार पनि देखिने भएका छन् । यसका अलावा सुमोना, किकु शारदा, चन्दन प्रभाकर लगायत नयाँ सिजनमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण