बालुवाटारमा कार्यदल बैठक जारी, कति-कति सिटमा जुट्ला सहमति ?

सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति हुन नसकेका विषयमा शीर्ष नेताले नै निर्णय गर्ने तयारी भएको बुझिएको छ ।
मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक तर्फको सुची बझाउने समय तोकेको छ । त्यसअघि प्रत्यक्षतर्फ सिट संख्या र निर्वाचन क्षेत्र टुंग्याउन छलफलमा जुटेको सत्ता गठबन्धन एक महिनासम्म पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । प्रतिनिधि सभाको १६५ सिटमा कांग्रेसले सय, माओवादीले ६०, नेकपा एकीकृत समाजवादी र जसपाले २५, २५ सिट दावी गर्दै आएका छन् । त्यस्तै जनमोर्चाले प्रतिनिधि सभामा २ र प्रदेश सभामा ७ सिटको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या