बालुवाटारमा कार्यदल बैठक जारी, कति-कति सिटमा जुट्ला सहमति ?
सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।
बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति हुन नसकेका विषयमा शीर्ष नेताले नै निर्णय गर्ने तयारी भएको बुझिएको छ ।
मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक तर्फको सुची बझाउने समय तोकेको छ । त्यसअघि प्रत्यक्षतर्फ सिट संख्या र निर्वाचन क्षेत्र टुंग्याउन छलफलमा जुटेको सत्ता गठबन्धन एक महिनासम्म पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । प्रतिनिधि सभाको १६५ सिटमा कांग्रेसले सय, माओवादीले ६०, नेकपा एकीकृत समाजवादी र जसपाले २५, २५ सिट दावी गर्दै आएका छन् । त्यस्तै जनमोर्चाले प्रतिनिधि सभामा २ र प्रदेश सभामा ७ सिटको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण