शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सडक पेटीका संरचना हटाउन बुटवल उपमहानगरको अल्टिमेटम

शनिबार, २५ भदौ २०७९, १० : १२
शनिबार, २५ भदौ २०७९

बुटवल उपमहानगरपालिकाले सडक पेटीमा अव्यवस्थित रूपमा राखिएका सामाग्री हटाउन तीन दिनको अल्टिमेटमसाथ सूचना जारी गरेको छ । नगर सफा, सुन्दर र व्यवस्थित राख्न भन्दै नगरले त्यस्ता संरचना हटाउन आग्रह गरेको हो ।

बुटवलको गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरू समेतमा सडकको क्षेत्राधिकार, सडकपेटी, चोक, चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, टङ्की,  निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरू राखी अवरोध गर्ने गरेको देखिएकोले शुक्रबारको मितिले ३ दिनभित्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

उपमहानगरपालिका कार्यालयको मुखैमा रहेको साप्ताहिक हाटबजार, अमरपथ, ट्राफिकचोक, तिनकुने चोक, देविनगर, दिपनगर, अस्पताल लाइन, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, पुरानो बसपार्क लगायतका क्षेत्रमा फुटपाथ र सडक समेत कब्जा गरी ठेला राख्ने र बजार सञ्चालन गर्ने गरिएको छ । 

यसअघि बुटवल उपमहानगरपालिकाले फुटपाथमा रहेका ठेला र भुइँमै पसल थापेका व्यवसायीसँग समेत ठेकेदारमार्फत दैनिक कर असुल गरेको भन्दै आलोचना हुने गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप