शाओमीको ‘नम्बर वान’ स्थान कायमै
मार्केट रिसर्च फर्म आइडीसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक रिपोर्टअनुसार शाओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडालले भने -“आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएका छौँ, जुन हाम्रो लागि एकदमै खुशीको कुरा हो । यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउनुहुने एवम हाम्रो यात्रामा सहभागि हुनुहुने हाम्रा समस्त मी फ्यानहरु, व्यापारिक साझेदारहरु र हाम्रा सम्पूर्ण स्टेक होल्डरहरु प्रति हामी हार्दिक आभारी छौँ । तपाईंहरुको माया र साथ प्रति हामी नतमस्तक छौँ र हामीले हाम्रा लागि खडा गरेको उच्चतम मापदन्डहरु भविष्यमा पनि पुरा गर्दै जानेछौँ । नो मी विदाउट यु, साओमी नेपाल”
रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मूल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण