काठमाडौं-२ मा कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी
सत्ता गठबन्धनबाट काठमाडौं –२ मा उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको छ । काठमाडौं – २ मा गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को मुख्य दाबी छ । ०७४ मा तत्कालीन नेकपा एमालेबाट माधव कुमार नेपाल निर्वाचित काठमाडौं –२ मा कांग्रेसबाट उम्मेदवारको लर्को छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल रौतहट जाने भएपछि काठमाडौं –२ कांग्रेसबाट उम्मेदवारका आकांक्षी नेताहरु सशक्त दाबीका साथ अगाडि आएका छन् । कांग्रेस नेता प्रतिमा गौतम, दीपक कुईंकेल, लोकेश ढकाल, डा माधवी भट्ट पराजुली, मनिष कोइराला, कबिर शर्मा लगायत उम्मेदवारका आकांक्षी छन् । कांग्रेसको तल्लो कमिटीले उनीहरुलाई उम्मेदवारका लागि सिफारिस पठाएको छ । तर एकीकृत समाजवादीले काठमाडौं – २ छोड्ने मुडमा छैन ।
एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाललाई काठमाडौं –२ बाट उम्मेदवार बनाउने माधव नेपालको तयारी छ । काठमाडौं – २ मा शंखरापुर नगरपालिकाको १ देखि ९, कागेश्वरी–मनोहरा नगरपालिकाको ४ देखि ९ र काठमाडौँ महानगरपालिकाको ९ र ३२ नम्बर वडा पर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण