मोरङमा मत माग्न व्यस्त रेखा
मोरङ निर्वाचन क्षेत्र-३ बाट राप्रपाबाट प्रतिनिधि सभा चुनावमा सिफारिस भएकी नायिका तथा नेतृ रेखा थापा चुनावी अभियानमा जुटेकी छिन् । थापा पहिलो पटक प्रतिनिधि सभा प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा छिन् ।
चुनावी अभियान अन्तरगत उनले निर्वाचन क्षेत्र मोरङ-३ मा पर्ने पथरीशनिश्चरे,कानेपोखरी,बेलबारी र सुन्दर हरैँचाका मतदातासँग भेटघाट गरिन । उनले मोरङ-३ का विभिन्न गाउँ तथा नगरका वडाहरुमा स्थानीयहरु सँग समस्याहरूबारे जानकारी लिइन ।
घरदैलोका क्रममा उनले जनताले नै मतदान गरेर जिताएपछि जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिद विक्री गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्नेलाई अब जनताले भविष्य सुम्पिनु नहुने बताइन ।
मोरङ क्षेत्र नम्बर-३ बाट नेकपा एमालेका तर्फबाट पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल उठ्ने चर्चा छ । त्यस्तै कांग्रेसका तर्फबाट मेडिकल व्यवसायी सुनील शर्माको नाम चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण