रोयल इन्फिल्ड बाइक र लुम्बिनी विकास बैंक बीच यस्तो सम्झौता
काठमाडौं – रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता विवेक अटोमोबाइल्स प्रा.लि. र लुम्बिनी विकास बैंक लि. का बीच रोयल इन्फिल्ड मोटरसाइकल नेपालभर फाईनान्स गर्नका लागि आज एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाली बजारमा ग्राहकहरु माझ लोकप्रिय स्थापित र सुरक्षित गन्तब्यको सवारी साधनका रुपमा रहेको छ, रोयल इन्फिल्ड । रोयल इन्फिल्ड बाईकमा सरल, छिटो र छरितो सेवाका साथ लुम्बिनी बैंकबाट ऋण लगानी गरि ग्राहकमा थप सेवा प्रदान गरि बजार प्रवद्र्दन गर्ने उद्देश्य दुवै संस्थाको रहेको छ । नेपालमा १७ वर्षदेखि रोयल इन्फिल्ड मोटरसाइकल बाईक पारखीहरुका माझ स्थापित ब्राण्ड हो ।
ग्राहकले ऋण आवेदन गरेको समयबाट अति छिटो ऋण स्वीकृत गरिनेछ । ग्राहकलाई ३ वर्ष अवधिको लागि ऋण प्रदान गरिने छ ।
सम्झौता पत्र एम.भि.दुगड गु्रपका अध्यक्ष मोतीलाल दुगडको उपस्थितिमा उपाध्यक्ष विवेक दुगड र लुम्बिनी विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण