स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
झापा । स्थानीयले सांकेतिक रूपमा सडकमा धान रोपेर विरोध जनाएपछि अर्जुनधारा नगरपालिकाले जीर्ण सडकको तत्काल मर्मत सुरु गरेको छ ।
वडा नम्बर २ स्थित गाँजाबारीमा अत्यधिक हिलो र खाल्डाखुल्डीका कारण आवागमन प्रभावित भएपछि केही दिनअघि स्थानीयले मदन भण्डारी राजमार्गबाट लाप्चेटार–बदमटार हुँदै इलामका विभिन्न स्थान जोड्ने सडकमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
स्थानीयको गुनासोपछि नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले आज सडकको स्थलगत निरीक्षण गर्दै खाल्डाखुल्डी तत्काल पुरी सडकलाई आवागमनयोग्य बनाउन सम्बन्धित शाखालाई निर्देशन दिए । निर्देशनसँगै नगरपालिकाको व्यवस्थापनमा ट्याक्टरमार्फत माटो हालेर सडक मर्मतको काम सुरु गरिएको हो ।
प्रमुख गोम्देनले स्थानीय सरकार नागरिकका समस्या समाधानप्रति सधैँ जिम्मेवार र संवेदनशील रहेको बताउँदै समयमै समस्या जानकारी गराउन नागरिकलाई आग्रह गरे । उनले भने, “स्थानीय सरकार नागरिकका समस्याप्रति सधैँ जिम्मेवार छ । गाउँ, टोल तथा नगर क्षेत्रमा देखिएका समस्या तत्काल जानकारी गराउनुस्, हामी आवश्यक स्रोत परिचालन गरेर यथाशीघ्र समाधान गर्न प्रयास गर्नेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण