राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार छान्न मतदान सुरु
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ ।
पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन गर्न लागेको जानकारी दिएका हुन् । 'हामीले यहि तर्कलाई मुलुककै लोकतान्त्रिक प्रक्रियामा अभ्यास गर्न खोजिरहेका छौँ । लोकतन्त्रमा समस्याहरु हुनु स्वभाविक हो तर तिनका समाधानका लागि नयाँ साधनहरुको खोजी गरेर लोकतन्त्रलाई थप बलियो नबनाउनु लोकतन्त्रलाई नै धोका दिनु हो,' उनले भनेका छन्, 'हामी लोकतन्त्रलाई बलियो बनाउन आएका हौँ । हामी पार्टीभित्रैबाटलोकतन्त्रको अभ्यास गर्नु पर्छ भन्ने विश्वास गर्छौँ । हामी पार्टीका उम्मेदवारको छनौट पनि खल्तिबाट होइन, जनमतबाट हुनु पर्छ भन्ने विश्वास गर्छौँ । यसका लागि हामीले नेपालमा खुल्ला प्रारम्भिक निर्वाचनको अवधारणा अपनाएका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय समानुपातिकको बन्द सूची खुल्ला प्रारम्भिक निर्वाचनमार्फत गर्दैछौँ ।'
पार्टीको प्रारम्भिक निर्वाचनमा जनाउने सहभागिताले इतिहास लेख्दै भविष्यलाई गतिलो लोकतन्त्र दिन सहयोग गर्ने लामिछाने विश्वास व्यक्त गरेका छन् । उनले भोटिङ शुरु भैसकेको र मध्य रातिसम्म भोट गर्न सकिने जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण