संविधान दिवसलाई जनताको दिवसका रुपमा अगाडि बढाउनुपर्छ : ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ। साे कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताए ।
संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएकोमा ओलीले खुसी व्यक्त गरे । त्यस अवसरमा उनले भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा ओलीले जोड दिए ।
निर्वाचनमा लोकतन्त्र, राष्ट्रियता र संविधानले हार्न नहुने विषयमा सतर्क रहन ओलीले नेता कार्यकर्तालाई सचेत गराए । ओलीले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसावले सशक्त ढंगले अघि बढ्ने बताए। उनले यसको फैसला आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाले गर्ने बताए । गठबन्धनका कारण धक्का खाएको देशको अवस्थालाई चिरेर द्रुत गतिले विकास गर्नुपर्ने उनको भनाइ थियो ।
ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो । संसद् विघटन गरेर एमालेमाथि संविधानलाई कमजोर बनाएको आरोप लागिरहेका बेला पार्टीले संविधान निर्माणमा पार्टीले गरेको अगुवाइको सन्देश दिन आजको पदयात्रा आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण