किर्गिस्तान–ताजिकिस्तानको सीमामा झडप, ३० जनाको मृत्यु
शनिबार, ०१ असोज २०७९, ०९ : २६
किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा लडाइँ भइरहन्छ ।
हप्ताको सुरुमा सुरु भएको नयाँ झडप शुक्रबार पनि जारी रह्यो, यद्यपि दुई देशले युद्धविरामका सहमति जनाएका थिए । दुवै पक्षले हिंसा सुरु गरेको र युद्धविराम उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका छन् । किर्गिजस्तानमा हालसम्म २४ जनाको मृत्यु भइसकेको किर्गिज स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
हिंसाबाट बच्न झण्डै २० हजार मानिस आफ्नो घर छोडेर भागेका रेड क्रसको क्षेत्रीय शाखाले रिपोर्ट गरेको छ । गत वर्ष दुई देशबीच सीमामा भएको झडपमा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण