खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना
निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक–पटक सूचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना गरेको हो ।
आयोगले निर्वाचन खर्च नबुझाएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बीणादेबी राईलाई जरिवाना तोकेको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा उठेकी बिमला राई (निर्वाचित), एमालेबाट मेयरमा उठेका खडेन्द्र राई, जसपाबाट मेयरमा उठेका अञ्जिल राई, माओवादी केन्द्रबाट मेयरमा उठेकी रुसिका राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयर उठेका बिनेश राई, राप्रपाबाट मेयर उठेका छत्र पुरी, खम्बूवान राष्ट्रिय मोर्चाबाट मेयर उठेका तुलसीकुमार राई, कांग्रेसबाट उपमेयर उठेका रमेशकुमार राउत (निर्वाचित), माओवादी केन्द्रबाट उपमेयर उठेका अमेम्बर राई र एमालेबाट उपमेयर उठेका तुलसा बुढाथोकीलाई साँढे चार लाखका दरले जरिवाना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण