खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना

निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक–पटक सूचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना गरेको हो ।
आयोगले निर्वाचन खर्च नबुझाएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बीणादेबी राईलाई जरिवाना तोकेको छ ।
हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा उठेकी बिमला राई (निर्वाचित), एमालेबाट मेयरमा उठेका खडेन्द्र राई, जसपाबाट मेयरमा उठेका अञ्जिल राई, माओवादी केन्द्रबाट मेयरमा उठेकी रुसिका राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयर उठेका बिनेश राई, राप्रपाबाट मेयर उठेका छत्र पुरी, खम्बूवान राष्ट्रिय मोर्चाबाट मेयर उठेका तुलसीकुमार राई, कांग्रेसबाट उपमेयर उठेका रमेशकुमार राउत (निर्वाचित), माओवादी केन्द्रबाट उपमेयर उठेका अमेम्बर राई र एमालेबाट उपमेयर उठेका तुलसा बुढाथोकीलाई साँढे चार लाखका दरले जरिवाना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
-
पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
-
टायल्स उत्पादनमा नयाँ मापदण्ड ल्याउँदै सरकार, कसरी चिन्ने गुणस्तरीय उत्पादन ?
-
एनआरएनएको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्चको आदेश, अब के हुन्छ ?
-
बैंकिङ कसुर मुद्दामा गीनलाइन मदिराका सञ्चालक पक्राउ