रोकिएन नेप्सेको पहिरो, आज पनि ३८ अङ्कको गिरावट
केही दिन यताको निरन्तरको नेप्सेको पहिरो आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको हो ।
यस्तो सूचक गत आइतबार ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा रोकिएको थियो । उसो त आज (मंगलबार) क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७ अंकले घट्दै ३५८.८७ अंकमा झरेको नेप्सेले जनाएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।
सबैभन्दा बढी आज फाइनान्स समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.३७ प्रतिशतले, इन्भेस्टमेन्ट समूहको उपसूचक ३.१९ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक ३.२ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.६४ प्रतिशतले घटेको छ ।
यस्तै, माइक्रो फाइनान्स समूहको उपसूचक २.४७ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०६ प्रतिशतले घटेको छ । समग्रमा २.०७ प्रतिशतले घटेको बजारमा आज कुल १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण