हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र
मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ ।
मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए । विसं २०७४ को निर्वाचनमा तीन दिन हिाडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले अनुभव सुनाए ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि पैदल हिँड्नुपर्ने भएपछि धेरैजसो मतदाता मतदानमा अनुपस्थित रहने गरेका थिए । केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे । आउँदा–जाँदा राशनपानी बोकेर जानुपर्ने बाध्यता थियो ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार जिल्लामा साविक मतदानस्थल ४६ कायम छन् । ठाउँसारी कायम चार र सात नयाँ थपसमेत गरी ५७ मतदानस्थल रहेको उनले बताए । हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला मतदाता छन् । तेइस घरधुरी रहेको मासपुरको कुल जनसङ्ख्या एक सय तीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण