मधेस प्रदेशमा बढ्दो सवारी दुर्घटना
मधेस प्रदेशमा दैनिक १४ वटा सवारी दुर्घटनामा पर्ने गरेको एक तथ्यांकले देखाएको छ । दैनिक दुर्घटनामा २४ जना मानिस घाइते हुने र एक जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको हाे । प्रदेशको आठ जिल्लामा दैनिक साना देखी ठुला १४ वटासम्म सवारी दुर्घटनामा पर्ने गरेको प्रदेश ट्राफिक कार्यालय पथलहियाको तथ्यांकले देखाएको छ ।
यस आर्थिक वर्षको साउन र भदौमा मात्र प्रदेश भरी कुल ८१४ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४७ जना पुरुष,१ १ जना महिला तथा पाँचजना बालबालिका गरी ६३ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलहियाका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले बताएका छन ।
त्यसै गरी उक्त दुर्घटनामा परेर एकहजार दुईजना पुरुष, दुई सय ७४ महिला तथा एक सय ३१ जना बालबालिका घाइते भएको सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन । मधेश प्रदेशमा बढ्दो सवारीको संख्या, तीव्र गती, साँघुरो बाटो तथा चालकको लापरवाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तीराज गुरुङले बताएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण