केएफसीबाट मगाइन् खाना, प्याकेटभित्र भेटियो ७० हजार
ऋणमा डुबेकी एक महिला त्यतिबेला चकित परिन् जसले उनले केएफसीको चिकन स्यान्डविचको प्याकेटबाट ५४३ डलर (लगभग ७० हजार रुपैयाँ) भेटिन् । जर्जियाको ज्याकसनकी ती महिला ग्राहक अफिसको लञ्च ब्रेकमा नजिकैको केएफसी गएर चिकन स्यान्डविच प्याक गरेर लिएर आएकी थिइन् ।
अफिस फर्केर खाजा खान लाग्दा हजुरआमा भइसकेकी ती महिला चकित परिन् किनभने उनले स्यान्डविच मुनी नोटको बन्डल देखिन् । आफू ऋणमा डुबेको भएपनि आफूले त्यो पैसा राख्न नमिल्ने उनलाई थाहा थियो त्यसैले उनले यसबारे प्रहरीलाई खबर गरिन् ।
उनले डब्ल्यूएसबी–टीभीसँगको कुराकानीमा भनिन्, ‘मैले पैसा गन्न सुरु गरेँ । ५५० डलरसम्म गनेपछि म रोकिएँ र उक्त पैसालाई खाममा हालेँ । त्यो खाम बन्द गरेँ र प्याकेटमा स्यान्डविचलाई जसरी राखिएको थियो त्यसरी नै राखेँ र छेउमा थन्काएर राखे । त्यसको केही बेरमा प्रहरी आइपुगे । ’
, जसको कारको ट्याङ्की त्यतिबेला लगभग रित्तो थियो, ले ठट्टा गर्दै भनिन्, ‘मलाई एकपटक त सपिङ जाउँ जाउँ जस्तै भइसकेको थियो ।’
‘तर दिमागले भन्यो, तिमीले राम्रो काम गरेनौ भने यो तिम्रै तिर फिर्ता हुन्छ ।’
उनले भनिन्, ‘त्यो मेरो नै थिएन । मलाई किन त्यो राख्नुपर्यो । मैले त मेरो पैसा पछि कमाउन सकिहाल्छु नि ।’
‘यसको दुई गुणा फिर्ता आउनेछ ।’
अनुसन्धानपछि प्रहरीले के पत्ता लगायो भने उक्त रकम केएफसीको दैनिक डिपोजिट थियो जुन जोओनीको ब्यागमा गल्तीले परेको थियो ।
प्रहरीले फेसबुक पेजमा भनेको छ, ‘मिसेस ओलिभरले उत्कृष्ट काम त गरेकी नै हुन् तर उनले म्यानेजरको जागिर पनि जोगाइदिइन् ।’
‘मिसेस ओलिभर, हाम्रो देशमा तपाईंजस्तो उत्कृष्ट नागरिकसमेत हुनुहुन्छ भनेर याद दिलाइदिएकोमा धन्यवाद । तपाईंहरुजस्तै व्यक्तिका कारण हामी महान छौँ,’ प्रहरीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण