शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ पुस्तालाई लक्षित गर्दै सामसुङले ल्यायो ग्यालेक्सी ए ०४ एस

बिहीबार, ०६ असोज २०७९, ०७ : २१
बिहीबार, ०६ असोज २०७९

नयाँ सुविधा र विशेषताको साथ सामसुङले ग्यालेक्सी ए ०४ एस बजारमा ल्याएको छ । 

यस मोवाइलमा ट्रिपल रियर क्यामरा छ, जसमा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको छ । मोबाइलमा ५ एमपी सेल्फी क्यामरा छ । 

६.५ एच डी एमोलिड डिस्प्ले रहेको यो मोवाइल एक पटक फुल चार्ज गरेपछि २ दिनसम्म टिक्ने ५०० एमएएच ब्याट्री रहेको कम्पनीको दाबी छ ।  ए ०४ एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।

१२८ जीबी रोम सहित ४ जीबी र्याम भएको ग्यालेक्सी ए ०४ एस को मूल्य रु २१ हजार ९९९ तोकिएको छ, भने ६४ जीबी रोम, ४ जीबी र्याम भएको फोनको मूल्य रु १९ हजार ९९९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप