लाइगर फ्लप भएपछि फिल्मविहीन बनिन् अनन्या
फिल्म उद्योगमा सफलताले ठूलो महत्व राख्छ । भनिन्छ, उदाउँदो सूर्यलाई जेकोहीले सलाम गर्छ, जबकी अस्ताउँदो सूर्यलाई मानिसले त्यति चासो दिँदैनन् । बलिउड अभिनेत्री अनन्या पाण्डे अहिले यसकै उदाहरण बनेकी छन् । अनन्याले तेलुगु सुपरस्टार विजय देवरकोण्डाको पेन इण्डिया फिल्म ‘लाइगर’ का साथ धमाकेदार सुरुवात गरेकी थिइन् ।
यो फिल्मसँगै अनन्याले साउथ सिनेमामा पाइला चालेकी थिइन् । फिल्मप्रति सबैको आशा थियो । यसको टिजर र ट्रेलरसँगै गीतलाई पनि दर्शकले मनपराएका थिए । तर जसै फिल्म थिएटर पुग्यो, फिल्मले दर्शकलाई खासै प्रभावित पारेन । जसकारण फिल्म बक्सअफिसमा पूर्ण रुपमा असफल रह्यो ।
यो फिल्मको रिलिजअघि अनन्याको टलिउड डेब्यूमा जोकोहीको नजर थियो । उनलाई ‘लाइगर’ अघि धेरै फिल्मबाट अफर आएको थियो । उनलाई ‘एनटीआर ३०’ को पनि अफर थियो । तर उनले त्यसमा स्वीकृति जनाइनन् । फिल्म ‘लाइगर’ हिट हुने र त्यसपछि मोटो पारिश्रमिक लिएर अर्को फिल्ममा अभिनय गर्ने अनन्याको योजना थियो । उनी फिल्म हिट हुनासाथ चार करोड पारिश्रमिक माग्ने सोचाईमा थिइन् । तर उनले सोचेजस्तो वास्तविकतामा भएन ।
फिल्म पूर्ण रुपमा बक्सअफिसमा असफल रह्यो । फिल्म फ्लप भएपछि अभिनेत्रीले पारिश्रमिकमा कुनै परिवर्तन गरेकी छैनन् । उनी नयाँ फिल्मका लागि २ करोड पारिश्रमिक लिने योजनामा छिन् । तर उनलाई अहिलेसम्म कुनै साउथ फिल्मबाट अफर आएको छैन ।
फिल्म निर्माताहरु अनन्याको अभिनयबाट खासै प्रभावित हुन सकेका छैनन् । यहीकारण उनलाई कसैले पनि फिल्मको अफर गरेका छैनन् । उनलाई यसअघि अफर गरिएका फिल्मका निर्माताले उनको विकल्पमा अन्य अभिनेत्रीलाई खोज्न थालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ सयभन्दा बढी आप्रवासी बालबालिकालाई अमेरिकाबाट निकाल्दै छन् ट्रम्प
-
न्युयोर्कमा १० लाख भाडा–नियन्त्रित अपार्टमेन्टको भाडा यथावत्, मेयर मामदानीको चुनावी वाचा पूरा
-
एप्पलले बढायो म्याकबुक र आइप्याडको मूल्य
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण