इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच दुर्लभ भेटवार्ता
बिहीबार, ०६ असोज २०७९, १२ : ५०
इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मङ्गलबार भेटवार्ता भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।
जापिडको सचिवालयले जारी गरेको वक्तव्य अनुसार उनीहरुबीच दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरु बीचमा छलफल भएको जनाइएको छ । विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रीत भएको बताइन्छ ।
दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्यूताउने सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण