शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोक्सो सुन्निँदा शरीरमा देखिन्छन् यी ८ लक्षण, बेवास्ता नगर्नुहोस्

शुक्रबार, ०७ असोज २०७९, ०७ : ५०
शुक्रबार, ०७ असोज २०७९

शरीरका अन्य अंगहरू जस्तै, फोक्सोले हाम्रो स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको  एक हो । सास फेर्ने र अक्सिजन लिने सम्पूर्ण प्रक्रिया फोक्सो मार्फत हुन्छ । हामीले फोक्सोको सहाराले मात्र सास फेर्न सक्छौँ । त्यसैले पनि  फोक्सोलाई स्वस्थ राख्न निकै जरुरी हुन्छ । तर आजकाल मानिसको फोक्सो सुन्निने समस्या निकै तीव्र गतिमा बढिरहेको छ । न्युमोनिटिस फोक्सो सुन्निनुको साधारण स्थिति हो । यस्तो अवस्थामा फोक्सोको तन्तु सुन्निन्छ । निमोनिया पनि एक प्रकारको न्युमोनाइटिस नै हो, किनभने यसले फोक्सो सुन्नाउने काम गर्छ । फोक्सो सुन्निँदा थुप्रै समस्या निम्तिन सक्छन् । जस्तै फोक्सोको संक्रमण, दम वा ब्रोन्काइटिस, सास फेर्न गाह्रो हुने, छाती दुख्ने र कडा हुने जस्ता समस्याहरू यसले निम्त्याउने गर्छ ।

तसर्थ, यसको समय हुँदा नै उपचार गर्न निकै अत्यावश्यक छ । नभए अवस्था गम्भीर हुन सक्छ । तर यहाँ प्रश्न के उठ्छ भने फोक्सो सुन्निएको कसरी पत्ता लगाउने ? जब फोक्सो सुन्निन्छ, शरीरमा धेरै संकेत र लक्षणहरू देखा पर्दछ, जसलाई पहिचान गरेर तपाईंले तुरुन्तै डाक्टरसँग सम्पर्क गर्न सक्नुहुन्छ ।  यस लेखमार्फत्, हामी तपाईलाई फोक्सो सुन्निँदा कस्ता खालका लक्षणहरु देखिन्छ भन्नेबारे जानकारी दिँदै छौँ ।

फोक्सो सुन्निने लक्षण

– कुनै पनि शारीरिक क्रियाकलाप गर्दा थकान महसुस हुन्छ

– छातीमा भारीपन महसुस हुनु, बेचैन हुनु

– सास फेर्न गाह्रो महसुस

– खोक्दा खकारमा रगत देखिनु

– चिन्ता लाग्नु सास फेर्न गाह्रो

– स्वाँस्वाँ हुनु र धेरै नै हावा चाहिएको जस्तो महसुस हुनु

– सास फर्ने नसक्नु, घ्यारघ्यार हुनु र चिसो महसुस हुनु

फोक्सो सुन्निँदा ध्यान दिनुपर्ने केही महत्त्वपूर्ण कुराहरू

– स्वस्थ र पोषक तत्वले भरपुर आहार खानुहोस् ।

– मसालेदार, तेल र जंक फुडको अत्यधिक सेवन नगर्नुहोस् ।

– धेरै पानी पिउनुहोस्, ताकि फोक्सो हाइड्रेटेड होस् ।

– रक्सी र धुम्रपानबाट टाढै रहनुहोस् ।

– उच्च प्रदूषण र धुलो भएको ठाउँमा नजानुहोस्।

– मास्क लगाउनु होस् ।

– योग अभ्यास गर्नुहोस्।

– भारी व्यायाम गर्नबाट बच्नुहोस्।

यदि तपाइँ पनि माथिका लक्षणहरू बारम्बार वा नियमित रूपमा सामना गर्नुहुन्छ भने, यो फोक्सो सुन्निएका कारण हुनसक्छ यस्तो अवस्थामा लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई सम्पर्क गरी सही उपचार गराउनुपर्छ । डाक्टरको सल्लाह बिना कुनै पनि प्रिस्क्रिप्शन वा उपचार नलिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप