गाडी मुनि खेल्न पुगेका १७ महिने बालकको किच्चिएर मृत्यु
भक्तपुरको मध्यपुर थिमि लोकन्थली त्रिपुरासुन्दरी ग्रिल उद्योग अगाडि शुक्रबार खेल्दा खेल्दै गाडी मुनि पुगेका एक १७ महिने बालकको गाडीले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठ हुन् ।
पानी झार्न रोकिराखेको बा५ख ७८१७ नम्बरको निशान गाडी मुनि खेल्दा खेल्दै छिरेका बालकलाई गाडी अगाडि बढाउँदा गाडीले किचेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
गाडीले किचेपछि घाइते भएका बालकलाई उपचारका लागि समिट अस्पताल लोकन्थली लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त थिमिबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान थालेको छ ।
घटनापछि सवारीसाधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका-३ घर भइ हाल काठमाडौं मूलपानी बस्ने वर्ष २३ को आकाश भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण