मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने

शुक्रबार, ०७ असोज २०७९, २० : २०
शुक्रबार, ०७ असोज २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन् । आज ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए । 

मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको अवलोकन गरे । परिषद्को भवनमा जोशीले सङ्कलन गरेका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएको छ । साथै उनले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए । विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी उमेरले एक  सय तीन वर्ष पुगिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप