अपाङ्गता र अशक्तता व्यक्तिलाई घरमै कोभिड खोप
तनहुँकाे म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिडबिरुद्वको खोप लगाउन पाउँदा खुशीले गदगद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएको बताए ।
गाँउपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबासी खुशी भएका हुन् । सारुले जस्तै २८ बर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ बर्षीय नारायणबहादुर हुन्चिङ्गलगायत घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि राहतको महसुस गरेका छन् ।
स्पाईनल ईन्जुरीका कारण पूर्णरुपमा शारिरिक अपाङ्ग भई ओछयानमा रहेका २९ वर्षिय नारायणबहादुर हुच्चिङ्गले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुशी हुँदै समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरुको घर घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।
एकीकृत घुम्ती सेवा मार्फत घर घर टोल टोलमा पुगेर सेवा दिदाँ म्याग्देबासीमा खुशी छाएको उनले बताए । चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड १९ विरुद्ध बयस्क फाईजर खोप दुई सय सरसठ्ठी जनाले लगाएकामा सत्र जनाले पहिलो मात्रा, अठ्ठार जनाले दोश्रो मात्रा र दुई सय ३२ जनाले तेश्रो-बुष्टर मात्रा खोप सेवा पाएको स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए ।
वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भैसकेको छ ।
उक्त शिविर असोज २ देखि २०७९ असोज ३१ गते सम्म चल्ने सो गाउँपालिका कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण