गजल : आजभोलि ठूलो पीर परेको छ
शनिबार, ०८ असोज २०७९, १२ : १४

देशलाई आजभोलि ठूलो पीर परेको छ ।
मुटु फुटी रगतले माटो भिज्ने गरेको छ ।।
मूल्यवान पसिनाको मोल आफ्नै माटोमाथि ।
पोख्नु पर्ने युवावर्ग सीमा पारि तरेको छ ।।
सुन फुल्ने माटोलाई लत्याएर हिँडेपछि ।
आशा छैन अन्न फल्ने त्यहाँ नुन छरेको छ ।।
हिजोभन्दा आज बढे तिम्रा हाम्रा दुक्खहरू
खै त कसले अहिलेसम्म हाम्रो दुक्ख हरेको छ ।।
जङ्गलमा खुसीसाथ नाची खेल्ने हरिण पनि ।
विस्थापित भई आज खोलातिर झरेको छ ।।
गाई भैँसी भेँडा बाख्राहरू चर्ने चहुरमा ।
नरभक्षी करवीर मसान पो चरेको छ ।।
निकै खोजतलास गर्दा पनि आभास पाइएन ।
आजभोलि प्रजातन्त्र ज्यूँदै छ कि मरेको छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त
-
स्थानीय तहका ५ अस्पताललाई स्तरोन्नति गर्दै बागमती सरकार
-
उट्पट्याङ कुरा नगरी माओवादीलाई साथ दिन मेयर हर्क साम्पाङलाई प्रचण्डको आग्रह
-
नीति तथा कार्यक्रममाथिको ३७ संशोधन बहुमतले अस्वीकृत
-
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित