गजल : आजभोलि ठूलो पीर परेको छ
शनिबार, ०८ असोज २०७९, १२ : १४
देशलाई आजभोलि ठूलो पीर परेको छ ।
मुटु फुटी रगतले माटो भिज्ने गरेको छ ।।
मूल्यवान पसिनाको मोल आफ्नै माटोमाथि ।
पोख्नु पर्ने युवावर्ग सीमा पारि तरेको छ ।।
सुन फुल्ने माटोलाई लत्याएर हिँडेपछि ।
आशा छैन अन्न फल्ने त्यहाँ नुन छरेको छ ।।
हिजोभन्दा आज बढे तिम्रा हाम्रा दुक्खहरू
खै त कसले अहिलेसम्म हाम्रो दुक्ख हरेको छ ।।
जङ्गलमा खुसीसाथ नाची खेल्ने हरिण पनि ।
विस्थापित भई आज खोलातिर झरेको छ ।।
गाई भैँसी भेँडा बाख्राहरू चर्ने चहुरमा ।
नरभक्षी करवीर मसान पो चरेको छ ।।
निकै खोजतलास गर्दा पनि आभास पाइएन ।
आजभोलि प्रजातन्त्र ज्यूँदै छ कि मरेको छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण