राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन
राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए ।
राष्ट्रिय खेलकुदको नवौँ संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र अल्ट्रा धाविका मिराको पनि उपस्थिति थियो ।
ट्रफी प्रदर्शनीका क्रममा खेलाडीका लागि प्रदेश सरकारले कन्जुस्याइँ नगर्ने उल्लेख गर्दै नवौँ राष्ट्रिय खेलकुद सफलताका लागि प्रदेश टोलीलाई शुभकामना दिए । प्रदेश १ का सामाजिक तथा खेलकुद मन्त्री राजन राईले नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई विगतमा भन्दा पुरस्कार रकम बढ्ने जानकारी दिए ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले ३५ खेलमा ७ सय ६ खेलाडी तथा प्रशिक्षक र व्यवस्थापक गरी ८ सय २० जनाको सहभागिता रहने जानकारी दिए । भदौ २८ गतेदेखि असोज ८ गते सम्म भएको प्रदेश छनोटमा ४ हजार १ सय ५२ खेलाडीको सहभागिता रहेको वाग्लेले बताए ।
ट्रफीलाई असोज ९ गते सशस्त्र प्रहरी बल (एपीएफ) को हल्चोकस्थित मुख्यालय, असोज ११ गते कर्णाली प्रदेशको सुर्खेत र असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर पुर्‍याइने छ । अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पुर्‍याइने छ । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदै छ ।
यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौँडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टोलीका खेलाडीको सहभागिता रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण