छाती धेरै दुखेर जचाउन जादाँ एक्सरेमा देखियो पाँच वर्षअघि हराएको नत्थी
अमेरिकामा एक व्यक्तिले पाँच वर्षअघि उनको नाकमा लगाइरहेको ‘नत्थी’ हराएका थिए । त्यो पाँच वर्षसम्म उनको फोक्सोमा रहेको थियो तर त्यसबारे उनलाई केही थाहा पनि थिएन ।
तर एक महिना अघि एक रात, न्यूयोर्क निवासी ती पुरुष जोय लाइकिन्सलाई खोकी लाग्न थाल्यो । छाती र ढाड बेस्कन दुख्न थाल्यो । निक्कै गाह्रो भएपछि परिवारले जोयलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आयो । प्रारम्भिक अवलोकनका आधारमा डाक्टरहरूले निमोनियाको आशंका गरेका थिए ।
तर पछि एक्सरे गरेर हेर्दा डक्टर नै छक्क परे । जोयको फोक्सोमा ०.६ इन्चको नत्थी अड्किएको थियो । डाक्टरले शल्यक्रिया गरेर नत्थी निकालेका छन् ।जोय लिकिन्सका अनुसार चिकित्सकले नत्थी यति लामो समय छातिमा रहदाँ पनि उनको फोक्सो स्वस्थ रहनु ठूलो कुरा भएको बताए ।
जोय आफैले यस घटनाबारे सामाजिक सञ्जालमा बाहिर ल्याएका हुन् । यससँगै एक्स–रे रिपोर्ट पनि सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण