बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सात वर्षपछि लालु–नीतिश र सोनियाबीच भेटवार्ता, भाजापाविरुद्ध वृहत्तर गठबन्धन बनाउने प्रयास

आइतबार, ०९ असोज २०७९, २१ : ३६
आइतबार, ०९ असोज २०७९

बिहारका मुख्यमन्त्री नितिश कुमार र आरजेडी प्रमुख लालु यादवले आइतबार कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग उनकै निवासमा भेट गरेका छन् । करिब एक घण्टा चलेको बैठकपछि नितिशले देशका अधिकांश दललाई एकताबद्ध गर्न चाहेको बताए । साथै सोनिया गान्धीले अक्टोबर १७ मा कांग्रेस पार्टीको नयाँ अध्यक्ष निर्वाचित भएपछि पुनः भेट्न आग्रह गरेको पनि बताए ।

भेटपछि बोल्ने क्रममा लालु प्रसाद यादवले भाजपालाई हटाएर देश बचाउनु पर्ने बताएका छन् । ‘जसरी हामीले बिहारमा भाजपालाई सरकारबाट हटायौं, त्यसैगरी हामी सबै एकजुट भएर देशमा पनि त्यस्तै गर्न सकिन्छ,’ लालुले भने । सोनिया र लालु–नितीशको संयुक्त भेट सात वर्षपछिको हो । सन् २०१५ मा बिहारमा गठबन्धन सरकार गठनपछि, नितिशले पटनाको गान्धी मैदानमा सीएमको रूपमा शपथ लिँदा सोनिया पनि उपस्थित भएकी थिइन् ।

मोदीविरुद्ध एकजुट हुने प्रयास गर्दै विपक्षी
आइतबार भारतका पूर्व उप–प्रधानमन्त्री चौधरी देवी लालको १०९औँ जन्मजयन्तीका अवसरमा हरियाणाको फतेहाबादमा सम्मान दिवस ¥यालीको आयोजना गरिएको थियो । इन्डियन नेशनल लोक दल(इनेलो)का अध्यक्ष ओमप्रकाश चौटालाले नितिश कुमारसहित १० राज्यका १७ नेतालाई ¥यालीमा निम्तो दिए पनि मञ्चमा ५ ठूला नेता मात्रै देखिएका थिए । तिनमा नितिश कुमार, तेजस्वी यादव, एनसीपी प्रमुख शरद पवार, एसएडी नेता सुखवीर सिंह बादल र सीपीआई (एम) महासचिव सीताराम येचुरी सामेल थिए ।

इनेलोको ¥यालीमा नितिश कुमारले कांग्रेस लगायत सबै दलहरूलाई एकजुट हुन अपील गरे । तब मात्र सन् २०२४ को लोकसभा चुनावमा भाजपाविरुद्ध कडा टक्कर दिन सक्ने उनले बताए । यसै क्रममा तेजस्वीले भाजपालाई निशाना बनाउँदै शिवसेना, अकाली दल, जेडीयूजस्ता भाजपा सहयोगीहरूले लोकतन्त्र बचाउन उसलाई छाडिसकेकाले एनडीए गठबनधनको अस्तित्व नरहेको बताए । सुखवीर सिंह बादलले पनि नयाँ गठबन्धन बनाउन एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । शरद पवारले सन् २०२४ मा सरकार परिवर्तन गर्ने समय आएको बताए ।

ओमप्रकाश चौटाला भेट्नुको कारण
शिक्षक भर्ती घोटालामा सजाय काटेर जेलबाट बाहिर आएका हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालालाई नितिशले भेटेका थिए । चौटालाको पार्टी इनेलो हरियाणाको एक क्षेत्रीय पार्टी हो, जसको १० लोकसभा सीटहरू छन् । चौटाला ठूला नेताहरूमा गनिन्छन् । हरियाणासँगै पश्चिम उत्तर प्रदेशका ५ भन्दा बढी सिटमा जाट मतदाताको प्रभाव छ ।

कांग्रेसको समर्थन सबैभन्दा महत्त्वपूर्ण
नितिश कुमारले यसै महिना दिल्ली भ्रमणका क्रममा राहुल गान्धीसँग पहिलो भेट गरेका थिए । कांग्रेस अहिले लोकसभामा सबैभन्दा ठूलो विपक्षी दल हो । सन् २०१९ मा ५२ सिटमा जितेको भारतीय राष्ट्रिय कंग्रेस पार्टी २१० सिटमा दोस्रो थियो । अर्थात् २६२ सिटमा कांग्रेसले भाजपालाई टक्कर दिन सक्छ ।  यसैले विपक्षी गठबन्धनमा कांग्रेसलाई सहभागी गराउन विपक्षीहरुलाई एकताबद्ध गर्न खोजिरहेका नितिशले निक्कै प्रयास गरिरहेका छन् । 

५०० भन्दा बढी सिटमा प्रत्यक्ष लडाइको तयारी
यदि नितिश कुमार विपक्षीलाई एकताबद्ध गर्न सफल भए र सबै दल एकजुट भए भने आगामी लोकसभा चुनावमा भाजपासँग ५०० भन्दा बढी सिटमा सीधा प्रतिस्पर्धा हुनेछ । नितिशले सम्पर्क गरेका सबै दलहरू दक्षिणदेखि उत्तर भारतसम्म प्रभावकारी छन् ।

देशको ग्रामीण क्षेत्रहरूमा कुल ३५३ लोकसभा सिटहरू छन्, जसमा सन् २०१९ मा भाजपाले २०७ सीट जितेको थियो । त्यस भेगमा कंग्रेस र अन्य दलले १२६ सिट जितेका छन् । स्रोतका अनुसार नितीश र गठबन्धनको सम्पूर्ण फोकस यी ग्रामीण क्षेत्रमा केन्द्रित छ । यस भेगमा भाजपाको मत प्रत्येक आम निर्वाचनसँगै बढ्दै गएको छ । 

सन् २००९ मा, भाजपाले ग्रामीण क्षेत्रमा मात्र ७७ सिट जितेको थियो, जुन सन् २०१४ मा १९० र २०१९ मा २०७ पुग्यो । अर्थ सहरी क्षेत्रमा भने भाजपाले सन् २००९ मा २० सिट जितेको थियो भने सन् २०१४ मा ५३ र त्यसपछि पछिल्लो चुनावमा ५८ । उच्च सहरी क्षेत्रमा भने सन् २००९ मा भाजपाको २० सिट आएकोमा त्यसपछिका दुई चुनावमा अर्थात सन् २०१४ र २०१९ मा ४०–४० सिटमा पुग्यो ।  (दैनिक भास्कर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप