प्रतिक्षाले जितिन् मिस टिनको ताज

‘सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतिक्षा डंगोलले जितेकी छिन् । आइतबार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा उनले ताज जितेकी हुन् । विजेता प्रतीक्षाले मिस टिनको क्राउनसहित नगद ३० हजार हात पारिन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा सुस्मिता अधिकारी फस्ट रनरअप र सुस्जिता पौडेल सेकेन्ड रनर अप भए । दुबैले क्रमशः २० र १० हजार प्राप्त गरे । प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले हात पारिन् ।
हेल्दी बेस्ट स्किनको पूजा वली, नामी मिस इन्टलेक्च्युअल अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले प्राप्त गरेको प्रतियोगितामा एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् । किशोरीहरूको सामाजिक सांस्कृतिक वृत्ति विकासमा मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार