प्रतिक्षाले जितिन् मिस टिनको ताज
‘सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतिक्षा डंगोलले जितेकी छिन् । आइतबार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा उनले ताज जितेकी हुन् । विजेता प्रतीक्षाले मिस टिनको क्राउनसहित नगद ३० हजार हात पारिन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा सुस्मिता अधिकारी फस्ट रनरअप र सुस्जिता पौडेल सेकेन्ड रनर अप भए । दुबैले क्रमशः २० र १० हजार प्राप्त गरे । प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले हात पारिन् ।
हेल्दी बेस्ट स्किनको पूजा वली, नामी मिस इन्टलेक्च्युअल अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले प्राप्त गरेको प्रतियोगितामा एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् । किशोरीहरूको सामाजिक सांस्कृतिक वृत्ति विकासमा मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण