कर्णालीका रमणीय पर्यटकीय क्षेत्रमा पूर्वाधारको अभाव, आम्दानी न्यून
मुगुको रारा, डोल्पाको से फोक्सुन्डो, दैलेखको ज्वाला र गडी, सल्यानको कपुण्डे ताल, सुर्खेतको देउती बज्यै मन्दिर, काँक्रेविहार र बुलबुले ताललगायत कर्णालीका घुम्न लायक प्रमुख क्षेत्र हुन् ।
यीबाहेक कर्णालीमा प्रचारमा नआएका पर्यटक लोभ्याउने क्षेत्र धेरै छन् । यी पर्यटकीय स्थलबाट प्रदेशले राम्रो आम्दानी लिन सक्ने प्रसस्त सम्भावना छ । यहाँको रमणीय वातावरणले पर्यटकलाई लोभ्याउन सक्छ तर यस्तो पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुँदाहुँदै पनि प्रदेशले भनेअनुसारको फाईदा लिन सकिरहेको छैन । कारण हो, पूर्वाधार विकासको अभाव र प्रचारप्रसारको कमी ।
कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट गत आर्थिक वर्षमा जम्मा रु ४८ लाख मात्रै राजस्व सङ्कलन भएको छ । यद्यपि कोरोना भाइरसको प्रकोपले पनि पर्यटन आवागमन कमजोर बनायो । तर प्रमुख कारण भनेकै सडक स्तरोन्नति, पर्यटकीय स्थलको प्रचारप्रसार र गतिलो बस्ने बासको व्यवस्थापन नहुनुले पर्यटकीय क्षेत्रबाट भनेअनुसारको आम्दानी लिन नसकिएको हो ।
प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । प्रदेश योजना आयोगले पनि प्रथम पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रबाट आर्थिक आम्दानी मनग्य लिन सकिने र त्यसैबाट पर्याप्त रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । रमणीय पर्यटकीय क्षेत्रमा समेत भने जति पर्यटक भित्र्याउन सरकारले सकेको छैन ।
प्रदेशको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार कर्णालीमा गत आर्थिक वर्षमा एक सय ८४ मात्रै बाह्य पर्यटकले यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गरेका छन् । सरकारले पाँच ‘प’ पहुँच, प्रवद्र्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना बनाएको छ । तरपनि भनेअनुसारको पर्यटक आकर्षण गर्न नसकेको सरोकारवाला बताउँछन् ।
प्रदेशमा पर्यटकीय क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सरकारले ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । मुगुको छायानाथ रारा नगरपालिका १ का गजिन्द्रबहादुर मल्लको घर आँगनमै अप्सराजस्तो रारा अवस्थित छ तर रारासम्म पुग्नलाई सडक बाह्रै महिना चल्दैन । न राम्रो होटेल छन् । मल्ल भन्छन्, “रारा हेर्न बाहिरबाट पर्यटक आउनुहुन्छ तर आवश्यक पूर्वाधारको विकास र बस्ने राम्रो व्यवस्था नहुँदा निराश भएर जानुहुन्छ, अनि एक पटक आएका पर्यटक पनि तालबाहेकका अन्य सेवा सुविधा नहुँदा फेरि फर्केर आउनुहुन्न ।”
उनले रारामा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले खासै ध्यान नदिएको भन्दै भौतिक पूर्वाधारको विकाससँगै स्थानीय खानाको गुणस्तरीय होटल र फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन् । विदेशी पर्यटक ठूला होटल रोज्छन् । अचेल होटलमा पहिले जति पर्यटक बस्न आउँदैनन् । आन्तरिक पर्यटकको आगमन पनि कम हुँदा पर्यटक क्षेत्र सुनसान भएको बताउछन् होटल व्यवसायी । कोरोनापछि होटल व्यवसाय पनि धरासयमा परेको होटल व्यवसायी सङ्घले जनाएको छ ।
होटल व्यवसायी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्क शाही भन्छन्, “कोरोना महामारीले प्रदेशका तीन सय होटल विस्थापित भएका छन्, कतिले ऋण तिर्न सकेका छैनन् भने कति होटेल बन्द नै भइसके । यस्तो अवस्थामा पर्यटकलाई राम्रो बस्ने खाने व्यवस्था गर्न सकिने अवस्था भएन नि ।” सरकारले पर्यटक आकर्षण गर्न होटल व्यवसाय पनि पुरानै लयमा ल्याउने गरी काम गर्नुपर्ने उहाँको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण