‘फेष्टिभ मुड’मा सेयर बजार, ४८ करोडको कारोबार
सेयर बजारमा ‘फेष्टिभ मुड’ देखिएको छ । नेपालीको ठूलो चाडपर्व मध्येको दशैं सुरु भएकोले लगानीकर्ता निस्क्रिय भएका छन् । यसैकारण कारोबार रकम घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ अंकमा पुगेको छ । परिसूचक सामान्य रुपमा बढेको भएपनि कारोबार रकम भने उत्साहजनक छैन । आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँ बराबरका १३ लाख ७० हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।
नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोको सेयर मूल्य ९.२ प्रतिशतले बढेको छ । यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको ८.१९, सपोर्ट माइक्रोफाइनान्सको सेयर ७.८ र न्यादी हाइड्रोपावरको सेयर मूल्य ५.३९ प्रतिशतले बढेको छ ।
बढेको बजारमा पनि केही समुहका सूचक भने घटेका छन् । नेप्सेले दिएको जानकारी अनुसार ट्रेडिङ समुहको सूचक ४.३६ अंकले, फाइनान्स समुहको सूचक ३.८९ अंकले, अन्य समुहको सूचक २.९४ अंकले र म्युचुअल फण्ड समुहको सूचक ०.०६ अंकले घटेका छन् । अन्य समुहका सूचक भने बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण