मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
बुधबार, १२ असोज २०७९, २१ : ३८
पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी घाइते भएकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोही अस्पतालमा उपचार भइरहेको छ । सुस्मिताको शरीरमा धेरै चोटपटक लागेको र अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
-
क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण