शुक्रबारदेखि अनलाईन फुड फेस्टिबल हुने
काठमाडौं – नेपालकै पहिलो खाना डेलिभरी कम्पनी, फुडमाण्डुले नेपालकै सबैभन्दा ठूलो अनलाईन फुड उत्सव फुडमाण्ड अनलाईन फुड फेस्टिबल आयोजना हुने भएको छ । खुकुरी रमको प्रायोजन र समर्सबीको सहप्रायोजनमा आयोजना गरिएको यस उत्सव भोलि शुक्रबार ७ गतेदेखि १३ दिनसम्म संचालन हुने जनाएको छ ।
३३ विभिन्न सहभागी रेष्टुेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष मूल्यमा पस्कने आयोजकले जनाएको छ ।
यस अवधिमा हरेक अर्डरमा एक बोटल कोका कोला र हरेक दिन ५० जना अग्रिम ग्राहकहरुले समर्सबी सित्तैमा प्राप्त गर्नेछ । साथै रु हजार भन्दा बढीको खाना अर्डर गर्नेले २ वटा कफीको कुपन पनि प्राप्त गर्नेछ । अवधिभर खाना अर्डर गर्नेलाई डेलिभरी शूल्क नलाग्ने जनाएको छ ।
हरेक दिन सबभन्दा बढी मूल्यको खाना अर्डर गर्ने एक जना ग्राहकले र उत्सव भरि सबभन्दा बढी मूल्यको तथा सबभन्दा वढी पटक अर्डर गर्ने एक एक जना ग्राहकहरुले आकर्षक उपहार प्राप्त गर्नेछ ।
यसका साथै अनलाईन खेल खेली खानाको छुट भौचर, फेसबुक प्रतियोगितामा विभिन्न उपहारहरु जित्न सक्नेछ ।
यो उत्सवको मूख्य उद्देश्य भनेको काठमाडौ र ललितपुरका खानाका पारखीहरुलाई एकै ठाउँबाट विशेष परिकारहरु उनीहरुकै स्थानमा उपलब्ध गराउने विशेषता रहेको फुडमाण्डुका सिइओ मनोहर अधिकारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण