लाल मोहम्मद प्रकरण : हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ
शुक्रबार, १४ असोज २०७९, ०९ : ४०
मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा संलग्न आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये २ पुरुष र एक महिला रहेका छन् ।
गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको एकजना उच्च प्रहरी अधिकृतले रातोपाटीलाई बताए । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।
आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुइ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतिय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण