पत्रकार महासंघको साधारणसभा सुर्खेतमा हुने
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने भएको छ । महासंघको साधारणसभा आगामी पुस ८ र ९ गते वीरेन्द्रनगरमा हुने भएको हो । केन्द्रीय साधारण सभाबारे शनिबार पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको कार्यक्रममा कार्यक्रमको पूर्व तयारीका बारेका बृहत छलफल गरिएको छ । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले महासंघको केन्द्रीय कार्यक्रम पहिलो पटक कर्णालीमा हुने गरि तय भएको जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा देशभरका ७ सय बढी अगुवा पत्रकारहरू सहभागी हुनेछन् । यस्तै कार्यक्रम सम्पन्न गर्नका लागि ५० लाख रकम आवश्यक पर्ने पनि सेजुवालले बताए । उक्त रकम आधा भन्दा बढी केन्द्रीय समितिले ब्यवस्थापन गर्नेछ भने बाँकी प्रदेश र स्थानीय तहसँग समन्वय गरिने उनले बताए । यद्यपि वीरेन्द्रनगरमा ७ सय जना अट्ने होटल र सभाहल भने छैनन् । त्यस बारेमा निजी क्षेत्रसँग समन्वय गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठूला नदीमा बहाव सामान्य, साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
-
गरुडा–कटहरिया सडक जीर्ण, तत्काल मर्मत नभए आवागमन ठप्प हुने चिन्ता
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण