ओली कम्पनीको आयु अब मङ्सिर ३ सम्म मात्रै : मन्त्री चौधरी
नेपाल सरकारका सहरी विकास मन्त्री तथा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले लोकतन्त्रको हरण गर्ने खोज्ने प्रतिगमनकारीहरू अब जनताले दण्डित गर्ने बेला आएको बताएका छन् । एकीकृत समाजवादी पार्टी राजपुर गाउँ कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
मन्त्री चौधरीले नव प्रवेशीहरुलाई स्वागत गर्दै मुलुकलाई अन्योलमा पार्ने गरी ओली कम्पनीले जनमत कदर नगरी जनताले प्राप्त गरेको उपलब्धिलाई नै धरापमा पार्ने काम गरेकाले आगामी मङ्सिर ४ मा प्रतिगमनकारी ओली कम्पनीलाई दण्डितले गर्ने उपयुक्त समय रहेको बताए । उनले भने–‘ ओली कम्पनीको आयु अब मङ्सिर ३ सम्म मात्रै हो । जनताले आफ्नो अधिकार र मुलुकले प्राप्त गरेको उपलब्धि मास्ने ओलीलाई दण्डित गरेर छोड्ने छन् । ’
ओली कम्पनीले कानुनी राज्यमा पनि तानाशाह प्रवृत्तिमा संघीय लोकतान्त्रिक व्यवस्था उपलब्धि माथि प्रतिकार गरेकाले मुलुकको प्राप्त उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू एक ढिक्का भई प्राप्त उपलब्धिको रक्षाका लागि एक ढिक्का भएको उनले बताए । जसका लागि अग्रगमनकारी शक्तिहरू मुलु'कको भाग्य, भविष्य र जनताको पक्षमा उभिएर प्रतिगमनकारीहरू प्रतिकार गरिरहेको उनको भनाई थियो । उनले थपे–‘ समाजवादी र सत्ता गठबन्धनको जन्म प्रतिगमनकारीहरूको विरुद्धसँगै मुलुकले प्राप्त गरेको उपलब्धिको रक्षाका लागि भएको हो । ’ जसले सत्ता स्वार्थ भन्दा माथि उठेर मुलुक र जनता अधिकारको रक्षाका लागि उभिएको छ । ’ तर बाह्य शक्तिको आडमा प्रतिगमनकारीहरू अझै मुलुकलाई अन्यौलता तर्फ लैजान खोजिरहेको उनको भनाई थियो । मुलुकलाई अन्यौलता तर्फ लैजाने र जनताको अधिकार कुचल्ने त्यस्ता प्रतिगमनकारीहरू मङ्सिर ४ पछि जनता आफ्नो अधिकार मार्फत दण्डित गर्ने उनको भनाई थियो ।
उक्त कार्यक्रममा मन्त्री चौधरीले सत्ता गठबन्धन प्रतिगमनकारीहरु विरुद्धमा एक हुँदै आगामी निर्वाचनमा पनि होमिएकाले सत्ता गठबन्धनले मुलुकको भाग्य र भविष्यको फैसला गर्दै मुलुकको विकास र जनताको अवस्था फेर्नका लागि अग्रसर बनिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण