एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेमा प्रवेश
शुक्रबार, २१ असोज २०७९, ०८ : २२
नेकपा (एकीकृत समाजवादी)का युवा नेता केशव चौधरी एमालेमा प्रवेश गरेका छन । उनीसँगै एकीकृत समाजवादीका ६ जना वडा अध्यक्षका प्रत्यासीसहितका नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका हुन ।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई बिहीबार साँझ बालकोटमा माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए । एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहको पहलमा चौधरीलगायत नेताहरू एमाले प्रवेश गरेका हुन ।
गत स्थानीय निर्वाचनमा रौतहट गुजरा नगरपालिकामा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी केशव राय चौधरी, एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य वडा १,४,६,७,९,को वडा अध्यक्षको प्रत्यासीसहित पचासभन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएको स्कुटर भेटियो, चालक अझै बेपत्ता
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण