प्रदेश १ : एमाले र माओवादीका प्रदेश अध्यक्ष नै ‘रिङ आउट’, कांग्रेस सभापति भने समानुपातिक सूचीमा
टिकट वितरणको अन्तिम टुंगो लाग्दै गर्दा प्रदेश १ का एमाले र माओवादी केन्द्रका अध्यक्ष नै उम्मेदवारको रिङबाट आउट भएका छन् ।
नेकपा एमालेका प्रदेश १ अध्यक्ष तुलसीप्रसाद न्यौपाने संखुवासभाको संघीय निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने दौडमा थिए । तर, एमालेले निवर्तमान सांसद राजेन्द्र गौतमलाई नै उम्मेदवार बनाउने भएको छ । न्यौपाने यसअघि संखुवासभाको प्रदेश निर्वाचन क्षेत्र २ बाट विजयी बनेका थिए । केही समय प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत बनेका उनी यस पटक चुनावी दौडमा नहुने भएका हुन् ।
‘यस पटक एमालेका उम्मेदवारलाई जिताउने भूमिका रहने छु,’ न्यौपानेले कुराकानीका क्रममा भने, ‘जिल्लामा राजेन्द्र गौतमको फाइनल भएपनि प्रदेशमा मैले नदोहोरिने निर्णय गरेको हुँ ।’
यता, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) पनि चुनावी दौडबाट बाहिरै रहने भएका छन् । नेम्वाङको गृहजिल्ला पाँचथरबाट प्रतिनिधिसभा तथा सोही निर्वाचन क्षेत्रको प्रदेश (१)बाट उम्मेदवार सिफारिस भएका थिए । पाँचथरको संघमा कांग्रेसले पाउने भएको छ भने प्रदेश निर्वाचन (२)मा माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङ्बो (मौसम) उम्मेदवार हुनेछन् । नेम्वाङ सिफारिस भएको प्रदेश निर्वाचन क्षेत्र (१) भने नेकपा एकीकृत समाजवादीको पोल्टामा परेको छ ।
‘पार्टीले निर्णय गरेको कुरालाई मान्नै पर्ने भयो, चुनावमा साथीहरुलाई सघाउने बाहेक मसँग अरु विकल्प भएन,’ उनले भने ।
यता, नेपाली कांग्रेसका प्रदेश १ सभापति उद्धव थापा भने प्रदेशको समानुपातिक सूचीमा परेका छन् । प्रदेशको खस आर्य कोटाको १ नम्बरमा रहेको स्रोतको भनाइ छ । यद्यपि कांग्रेसले उक्त सूची सार्वजनिक गरेको छैन । थापा यसअघि झापाको २ नम्बर क्षेत्रबाट संघीय सांसदमा उम्मेदवार बनेका थिए । उनलाई एमालेकी पवित्रा खरेलले पराजित गरेकी थिइन् । थापालाई काँग्रेसले यस पटक समानुपातिक तर्फ राखेको हो । उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । उक्त क्षेत्र भने गठबन्धन दल माओवादीको भागमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण