झापा एमालेमा असन्तुष्टि, एमाले नेता राना माओवादीबाट उम्मेदवार बन्दै
झापा एमालेमा पनि टिकट वितरणमा असन्तुष्टि देखिएको छ । एमाले नेता तथा यसअघिका अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले पार्टी परित्याग गर्ने भएका छन् ।
रानालाई माओवादी केन्द्रले झापा २ बाट टिकट दिने भएपछि उनले एमाले परित्याग गरेका हुन् । यसअघि यहाँ माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । राना प्रदेश सांसदको दाबेदार थिए । राना १० बुँदे सहमति गरेर एमालेमै बसेका १० भाइ पक्षका हुन् ।
यसअघि पार्टीका नेता अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदेश सांसदमध्ये एउटा दिने शर्त गरेर एमालेमै राखेका थिए । अहिलेको टिकट वितरणको समयमा भने खरेल आफैं उक्त क्षेत्र छोडेर १ मा जाने तथा रानालाई टिकट नदिने भएपछि उनले पार्टी छाड्ने भएका हुन् ।
उक्त क्षेत्रमा एमालेका तर्फबाट संघमा देवराज घिमिरेलाई टिकट दिएको छ भने प्रदेशसभा (१) मा एकराज कार्की र प्रदेशसभा (२) मा चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण