काठमाडौं-२ मा माओवादीबाट ओनसरी घर्तीलाई टिकट
आइतबार, २३ असोज २०७९, ०९ : ३९
माओवादी केन्द्रले काठमाडौं क्षेत्र नंबर २ मा ओनसरी घर्तीलाई टिकट दिएको छ । सत्ता गठबन्धनले गरेको भागबण्डामा माओवादी केन्द्रको भागमा काठमाडौं-२ परेपछि अन्तिम समयमा आएर घर्तीलाई टिकट दिएको हो । यसअघि माओवादीका स्थानीय नेता कृष्णराज सुवेदीलाई टिकट दिने चर्चा चलेपनि उनले पाउन सकेनन् ।
सो निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभाको चुनावमा माधव नेपाल विजयी भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा पनि माधव नेपाल विजयी भएका थिए तर उनी रौतहटबाट पनि विजयी भएकोले सो क्षेत्र छोडेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा काँग्रेसका दीपक कुइँकेलले चुनाव जितेका थिए ।
२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा भने माओवादीका झक्कुप्रसाद सुवेदीले माधव नेपाललाई पराजित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण