बारा–३ मा जसपा मधेस प्रदेश अध्यक्ष यादवको उम्मेदवारी
आइतबार, २३ असोज २०७९, १२ : १०
बारा निर्वाचन क्षेत्र नं ३ मा जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले उम्मेदवारी दिएका छन् ।
यादवले बारा–३ मा एमालेबाट ज्वाला साहले दावी नछोडेपछि मित्रवत प्रतिष्पर्धा गर्ने सहमति अनुसार जसपाबाट उम्मेदवारी दिएका हुन् । यादव २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।
आसन्न निर्वाचनमा निवर्तमान संघीय सांसद यादव, एमाले पोलिटब्युरो सदस्य साह र सत्तारुढ गठबन्धनको तर्फबाट प्रमोद गुप्ताबीच प्रतिष्पर्धा हुने भएको छ । बाराको ४ वटा संघीय र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र मध्ये बारा–३ मा संघ र प्रदेश दुवैमा एमाले–लोसपा गठबन्धन नहुने र मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण